जनमतलाई सरकारमा ल्याउने सहमति, कुन मन्त्रालय पर्छ भागमा ?

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमतलाई सरकारमा समेट्ने समझदारी गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले जनमत सरकारमा आउँछ भने सरकारमा समेट्ने समझदारी भएको बताए ।

कुन मन्त्रालय दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलाउने छन् ।

जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ ।

आइतबार प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए ।

सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए । जनमतले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।

Published : Monday, 2023 July 3, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया