एमालेसहितका दल पछाडि हटेपछि बागमतीको अबरोध खुल्यो

काठमाडौं । एमालेसहितका दलहरू पछाडि हटेपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष ०८०/८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।

विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरूलाई सम्बोधन गर्न तयार भएको हो ।

प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री लामाले प्रतिपक्षी दलहरूसँग सहमति भएको बताएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित भयो भनेर सरकारले गल्ती महसुस गरेको बताए ।

प्रदेशसभाबाट बजेट पास गर्नुअघि नै मन्त्रिपरिषदले बजेट सच्याएर ल्याउने सहमति भएको छ ।

Published : Monday, 2023 July 3, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया