व्यापारी भण्डारीसँग प्रचण्डका दुई छोरी दुबई उडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का दुईजना छोरीहरू दुबई उडेका छन् ।

प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल दुबई उडेका हुन् । रेणु भरतपुर महानगरपालिकाकी मेयर हुन् । गंगा प्रचण्डकी स्वकीय सचिव हुन् ।

रेणु र गंगा शनिबार राति फ्लाई दुबईको जहाजबाट दुबईतर्फ प्रस्थान गरेको विमानस्थल जनाएको छ ।

रेणु र गंगासँग व्यवसायी गोकुल भण्डारीसमेत दुबई गएका छन् । उनीहरूको दुबई भ्रमणको उद्देश्यका बारेमा केही भनिएको छैन ।

Published : Monday, 2023 July 3, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया