अदालतका घुस्याहा कर्मचारीलाई सबक सिकाउन वकिलहरूको अन्दोलन
काठमाडौं । कानून व्यवसायीहरूले जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङको निच हर्कतविरुद्ध प्रदर्शन गरेका छन् ।
सोमबार देशभरिका कानून व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । अदालतका घुसखोर कर्मचारीहरूको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको कानून व्यवसायी शिव अर्यालले बताएका छन् ।
जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको थियो । सोही घटनालाई लिएर कानूनी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
कानून व्यवसायीहरूले ललितपुर बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत ललितपुरमा विरोध सभा गरेका छन् ।
असार १३ गते जिल्ला अदालत ललितपुरमा नायव सुब्बा तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।
आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।
अदालतका कर्मचारी र कानून व्यवसायीहरूबीचको विवाद बार र बेञ्च तहसम्म पुगेको छ ।
कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको छ ।
कानून व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
कानून व्यवसायीमाथि झुट्टा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध आफूहरू आन्दोलनमा उत्रिएको कानून व्यवसायी अर्यालले बताए ।
न्यायालयका केही कर्मचारीहरू निकै खराब आचरणको रहेको अर्यालले बताए । उनले भने, ‘न्यायालयलाई सानो समूहमा रहेका खराब कर्मचारीहरूले पनि बद्नाम गर्न लागेका छन्’, अधिवक्ता अर्यालले भने, ‘कानून व्यवसायी र सेवाग्राहीहरूलाई कर्मचारीहरूबाट निकै दु:ख दिने कामहरू हुने गरेका छन् ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया