उपेन्द्र यादवसँग ओलीका विशेष मान्छेको भेट

काठमाडौं । एमालेले जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई सरकारबाट समर्थन फिर्ता लिएर आफूलाई सहयोग गर्न आग्रह गरेको छ ।

आइतबार जसपाको पार्टी कार्यालय बालकुमारीमा आइतबार एमालेका सचिव रघुवीर महासेठले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेर नयाँ गठबन्धना लागि प्रस्ताव गरेका हुन् । कोशी प्रदेशको सरकार एमालेको नेतृत्वमा बनाएर त्यहिँबाट नयाँ समीकरणको सरुवात गर्न महासेठको प्रस्ताव छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निर्देशनमा सचिव महासेठ अध्यक्ष यादवसँग परामर्श गर्न गएका थिए ।

स्रोतका अनुसार माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनलाई भत्काएर नयाँ गठबन्धन बनाउन महासेठले अध्यक्ष यादवसँग प्रस्ताव राखेका छन् ।

एमाले केन्द्र र प्रदेशहरूबाट बाहिरिएको छ । सत्ताबाहिर पुगेको एमालेले सरकारलाई ढाल्नको लागि विभिन्न प्रयासहरू गरिरहेको छ ।

पछिल्लो पटक एमालेको कोशी प्रदेशको सरकार ढलेको छ । कोशीमा एमालेकै नेतृत्वमा सरकार बनाउनका लागि पनि जसपाका अध्यक्ष यादवसँग कुराकानी गरेको एक नेताले बताएका छन् ।

एमालेका सचिव महासेठ कोशी प्रदेशका ईञ्चार्ज समेत हुन् । महासेठले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठनका लागि अध्यक्ष यादवसँग सहयोग मागेका छन् ।

अध्यक्ष यादव र एमालेका सचिव महासेठबीच भएको छलफलमा जसपा कोशी प्रदेशकी सदस्य निर्मला लिम्बु र प्रदेश ईञ्चार्ज एवं कार्यकारिणी सदस्य रकम चोम्जोङ पनि सहभागी रहेका थिए ।

कोशी प्रदेशको पनि सरकार ढलेपछि एमाले तनावमा छ । एमालेलाई जसपाको एक सांसदको समर्थन रह्यो भने सरकार बन्न सक्छ । तर, केन्द्रको समीकरणका कारण जसपा एमालेसँग मिलेर जाने अवस्था छैन ।

Published : Monday, 2023 July 3, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया