नारायणगढ–मुग्निल सडक पुन: अवरुद्ध, पहिरो खसेकै ठाउँमा ट्रक पल्टियो
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ ।
सोमबार बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।
पहिरो झरेको स्थानमा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । चालकको मुग्लिनमा उपचार भइरहेको छ ।
ट्रक सडकमा रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ–जाउ बन्द भएको मुग्लिन प्रहरीका ईन्सपेक्टर विशाल तामाङले बताए ।
पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । दुईतर्फी सडक खुलाउनका लागि ट्रक हटाउनुपर्ने हुन्छ ।
दुईतर्फी नै सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ ।
शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पटक–पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरू घण्टौं जाममा परेर समस्यामा परेका छन् ।
पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया