विनिता पौडेलको घरमा प्रहरी छापा, नरदेवीबाट ८ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने विनिता पौडेलको घरमा प्रहरीले छापामारेको हो । जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथीनारायण महर्जन समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपियाँ र ४ बुकतास सहित फेला पारी पक्राउ गरेको छ ।

Published : Sunday, 2023 July 2, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया