काठमाडौंमा अपराधको शैलीमा परिवर्तन, के भन्छन् एसएसपी कार्की ?
काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंका प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले परम्परागत अपराधको तथ्याङ्क खासै नबढेको बताएका छन् ।
शुक्रबार टेकुमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी कार्कीले समाज आर्थिक अपराधतर्फ गएको पाइएको बताएका छन् । उनले आर्थिक क्षेत्रसँग सम्बन्धित अपराध बढेकाले त्यसलाई रोक्न केन्द्रित हुनुपर्ने बताए ।
परम्परागत अपराधमा उनले हत्या, हिंसालगायतका कुरालाई भनेका छन् । बैंकिङ, चेक बाउन्स, लेनदेन, आर्थिकसम्बन्धी अपराध बढेको एसएसपी कार्कीले बताए ।
उनले भने, ‘ठगी गर्ने कुरा बढेको छ । साइबरको अपराध बढेको छ । बैंकिङको मुद्दा जिल्ला अदालतबाट मुद्दा अभियोजन हुनेछ । जिल्ला अदालतमा बैंकिङ मुद्दा दर्ता हुन थालेको छ । चेक बाउन्सका मुद्दा जिल्लाहरूबाटै दर्ता भइ कारबाही हुनेछ ।’
कार्कीले विदेशबाट घरमा पैसा पठाउँदा बैंकमार्फत पठाउन आग्रह गरेका छन् । उनले भने, ‘वैदेशिक रोजगारीमा व्यक्तिहरूले घर परिवारलाई रकम पठाउन हुण्डी कारोबारीमार्फत पठाउने र व्यक्तिको खातामा ठगीको रकम जम्मा हुने गरेको छ । बिचौलियाले रकम ल्याइदिएको भनेर पैसा खाइदिने गरेका छन् ।’
‘वैदेशिक रोजगारीमा रहेका व्यक्तिले घरमा पैसा पठाउनुको साटो क्रिप्टोमा आकर्षित भएको देखिएको छ’, कार्कीले भने, ‘नेपालमा अनलाइन व्यटिङ गरे हुन्छ भन्ने धारणा छ ।’
उनले भने, ‘वैदेशिक रोजगारीमा विज्ञापन गर्ने । रकम लिने । डकुमेन्ट माग गर्ने । कागजात दुरुपयोग गरेर बैंक खाता खोलेर अपराध गर्ने गरेको ।’
एसएसपी कार्कीले भने, ‘सामाजिक सञ्जालमा चिठ्ठा परेको भनेर भ्वाइस कल गरेर बैंक खाता पठाइ पैसा पाउन ट्याक्स तिर्नु परेको छ भनेर रकम लिने गरेका छन् ।’
उनले भने, ‘भारतबाट सामान पठाउने भनेर भन्सार शुल्क लाग्छ भनेर रकम ठगी गर्ने गरेको छ ।’
‘ख्याती प्राप्त व्यक्तिको एकाउन्ट बनाएर आइडीबाट गोप्य रुपबाट फोटोग्राफर प्राप्त गरी ब्ल्याकमेल गर्ने कार्य भएको छ’, उनले भनेका छन् ।
‘अहिले अलिकति ख्याती प्राप्त, सरकारी जागिरमा रहेका अथवा गैर सरकारी संस्थामा आबद्ध भएका व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पार्ने, नजिकिने र कहिले काहिँ गैरकानूनी क्रियाकलापमा संलग्न गराउने त्यसरी संलग्न भएको अपारदर्शी क्रियाकलापमा संलग्न गराउने र फोटो भिडियो बनाएर ब्ल्याकमल गर्दै जाने बढेका छन्’, उनले भनेका छन् ।
‘आफू अनुकूलको समाचार सम्प्रेषण नहुँदा पत्रकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुने ट्रेण्ड पनि छ’, कार्कीले भने, ‘दर्ता नभएका तथा प्रेस पास नभएका पत्रकारद्वारा अनलाइन पत्रिका सञ्चालन गरी गलत र भ्रामक समाचार सम्प्रेषण गर्ने कार्य भएका छन् ।’
उनले भने, ‘फेसबुक एकाउन्ट खोलेर अश्लील म्यासेज पठाउने । दवाव दिने, गाली बेइज्जती गर्न, चरित्र हत्या गर्ने, ब्ल्याकेल गर्ने कार्य पनि छ ।’
कपिलवस्तु प्रहरी प्रमुख रहँदा कार्कीले प्यूठानको झिमरुक गाउँपालिका–६ का गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोख्रेलले विभिन्न व्यक्तिहरूलाई फर्जी चेक दिएर ठगी गर्ने गरेको अभियोगमा कारबाही गरेको बताए ।
उनले भने, ‘नुनदेखि सुनसम्म, निर्माण सामग्रीदेखि कृषि उपजसम्मको कारोबार गरेर ठगी गर्ने गरेको सुनेको थिएँ, तर म कार्यरत कपिलवस्तु प्रहरीमा उनीविरुद्ध जाहेरी थिएन ।’
‘संयोग कस्तो पर्यो भने म त्यहीँ हुँदा हुँदै उनी एउटा सुपरमार्केटमा किनमेल गरेर ५० हजारको फर्जी चेक दिएर हिँडेछन्’, उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया