यी ठूला माछा भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशद्वय शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले खड्कालाई एक वर्ष तीन महिना कैद फैसला गरेको छ ।
उनलाई ९ करोड १९ लाख छ हजार छ सय रुपियाँ बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले खड्कालाई कैद र जरिवानाका साथै उनको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले रू.१८ करोड ६६ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुतरूपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो ।
निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए । निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया