पूर्वसांसद काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियारलाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले रौनियारलाई बानेश्वरबाट पक्राउ गरेको छ । बाँके जिल्ला अदालतले पक्राउ पुर्जीजारी गरेको आधारमा प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको जनाएको छ ।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो । उनी ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवार रहेका उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै सांसद पद निलम्बनमा परेको थियो ।

Published : Friday, 2023 June 30, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया