बुद्ध एयरका मालिकले ‘एक रुप्पे’ पनि नदिने, बेसहारा बन्यो ‘उकालो’
काठमाडौं । बुद्ध एयरले ‘उकालो’ वेबपोर्टलबाट हात झिकेर बिचल्ली बनाएको छ । बुद्ध एयरले हातझिकेपछि ‘उकालो’का कर्मचारीले कसरी तलब, भत्ता खान्छन् प्रश्न उठेको छ ।
बुद्ध एयरको लगानी रहेको ‘उकालो’बाट बुद्ध एयरका मालिक समेत रहेका कार्यकारी अध्यक्ष बीरेन्द्रबहादुर बस्नेतले हातझिकेको दाबी गरेका छन् । बस्नेतले ‘उकालो’मा किन र केका लागि लगानी गरेका हुन् खोजविनको विषय बनेको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले मेल पठाएर रिपब्लिका दैनिक डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । ‘उकालो’सँग बुद्ध एयरको कुनै सम्बन्ध नरहेको जनाएका छन् ।
कर्णको खण्डनले ‘उकालो’मा कसको लगानी छ र कसरी चलेको हो ? भनेर झन् ठूलो प्रश्न उठेको छ । ‘उकालो’ले चन्दाबाट चलेको दाबी गरेको छ । उसले चन्दा दाताको नाम गोप्य राख्न चाहेमा राख्न सक्ने वा सार्वजनिक गर्न चाहे सार्वजनिक हुने वेबपोर्टलमा ‘उकालो’ले उल्लेख गरेको छ । ‘उकालो’मा बुद्ध एयर जस्ता व्यापारी वा तस्करहरूको कालो धन लगानी त भएको छैन ? भनेर प्रश्न उठेको छ ।
‘उकालो’ वेबपोर्टलमा नाम चलेका राम्रा पत्रकारहरू आबद्ध छन् । उनीहरू निकै राम्रो क्षमता भएका पत्रकार हुन् । सञ्चारमाध्यमहरूले समयमा पत्रकार कर्मचारीलाई तलब खुवाउ नसकेको भनेर आन्दोलन चलिरहेका छन् । मुद्दा मामिला भइरहेका छन् । यस्तो अवस्थामा विज्ञापन समेत नहाल्ने ‘उकालो’ले चन्दाबाट वेबपोर्टल चलाएर तलब, भत्ता खुवाएर सबैलाई चकित तुल्याएको छ ।
प्रवक्ता कर्णले मेलमार्फत अनौपचारिक खण्डन पठाएर भनेका छन्, ‘यहाँको अनलाईन पोर्टलमा बुधबार प्रकाशित समाचार शीर्षक ‘उकालो’का प्रधान सम्पादकले दिए राजीनामा, किन हातधोएर लागे ठूला व्यापारिक समूहविरुद्ध बुद्ध एयरका मालिक’प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
‘२९ अगस्त २०२२ का दिन हाम्रो भेरिफाईड ट्वीटर ह्याण्डलबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उकालो अनलाईनलाई शुरुवाती सहयोग गर्ने भनेका थियौं’, कर्णले भनेका छन् ।
‘त्यस लगत्तै २५ सेप्टेम्बर २०२२ का दिन नियमक निकायको निर्देशानुसार हामी त्यस अनलाइन पोर्टललाई सहयोग उपलब्ध नगराउने गरी बाहिरिएका थियौं’, कर्णले भने ।
‘तसर्थ त्यस अनलाइनसँग यस बुद्ध एयरको कुनै पनि सम्बन्ध नरहेको प्रष्ट पार्दछौं’, खण्डनमा भनिएको छ, ‘यस मेलसँगै ट्वीट गरिएको सामग्री पनि संलग्न गरेका छौं ।’
बुद्ध एयरको ट्वीटरमा अगस्ट २९, २०२२ मा प्रकाशित एउटा सूचनालाई हाम्रो भनाइ भनेर कर्णले मेल गरेका छन् । रिपब्लिका दैनिकले बुद्ध एयरका मालिक तथा कार्यकारी अध्यक्ष बस्नेतले नाम चलेका ठूला व्यापारिक समूहविरुद्ध आफैले लगानी गरेको ‘उकालो’ वेबपोर्टलबाट समाचार लेखाएर ध्वस्त बनाउन खोजेको भनेर समाचार प्रकाशित गरेको थियो ।
बुद्ध एयरका प्रवक्ता कर्णले पठाएको खण्डनमा सत्यता छभने ‘उकालो’को लगानीमा झन् प्रश्न उठेको छ । ‘उकालो’को हिसाब किताब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण विभाग र सरकारका सरोकारवाला निकायले हेर्नुपर्ने हुन्छ । अदृष्य लगानीका विषयमा विभिन्न खालका प्रश्न उठेका बेला ‘उकालो’ वेबपोर्टललाई बुद्ध एयरले संरक्षण गरेन भने आर्थिक संकट पर्न सक्छ ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया