‘प्रहरीले सधैं सभ्य, शिष्ट व्यवहारद्वारा नागरिकमैत्री भूमिका निभाउनुपर्छ’
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ र काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण गरेका छन् ।
बिहीबार ज्ञवालीले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ र काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षणसहित निर्देशन दिएका हुन् ।
ज्ञवालीले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन सक्ने र सदैव तयार रहन निर्देशन दिएका छन् ।
भीड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानवअधिकारको बिषयमा सदैव संवेदशील भई व्यवसायिक दक्षता प्रदर्शन गर्न उनले निर्देशन दिएका छन् ।
प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नुपर्ने एआईजी ज्ञवालीले बताएका छन् ।
निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भीड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसरभित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया