साउदी अरबमा बन्दुक आक्रमणबाट नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ ।

जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए । अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ ।

घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।

अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।

Published : Thursday, 2023 June 29, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया