बस्नेतले ल्याए स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो क्रान्ति, गरिबले नि:शुल्क बेड पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२८ शय्या गरिब, असहाय र अशक्तहरूका लागि नि:शुल्क उपलब्ध गराउने भएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अति विपन्न, गरिव, बेसहारा, असाय, अशक्तहरूलाई सरकारी अस्पतालमा नि:शुल्क बेड उपलब्ध गराइने बताए ।
उनले उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र गरिब वा असहायहरूले सहजरुपमा उपचार पाउन भन्ने उद्देश्यले बेडहरू नि:शुल्क दिने व्यवस्था गरिएको बताएका छन् ।
मन्त्री बस्नेतका अनुसार वीर अस्पतालमा ७००, कान्ति बाल अस्पतालमा २४८, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६०, प्रसूति गृह थापाथली ४५०, शहीद गंगालाल हृदय केन्द्र ९०, ट्रमा सेन्टरमा १५० र कोशी अस्पतालमा ३३० शय्या नि:शुल्क उपलव्ध हुनेछ ।
मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाएको करबाट राज्यले ६ अर्ब राजश्व असुल गर्ने बताएका छन् ।
स्वास्थ्यमा लगानी कम गर्ने कुरा मान्य नहुने भन्दै उनले सबै रकम वा अधिकांश हिस्सा मन्त्रालयले पाउनुपर्ने बताएका छन् ।
सरकारले उक्त शीर्षकबाट असुल भएको रकममध्ये ४० करोड मात्र स्वास्थ्यले पाएको भन्दै यो रकम बढाउनुपर्ने बताएका छन् ।
मन्त्री बस्नेतले देशभरका सरकारी अस्पतालहरूको आफूले निरीक्षण गरिरहेकोले सबै अस्पतालहरूको स्तरोन्नतिदेखि सबैको उपचारमा पहुँच योग्य बनाउने कुरा आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया