दाङबाट शाही तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय सदस्यमा दाङबाट तरुण नेता मीनबहादुर शाही मनोनीत भएका छन् ।

बुधबार सभापति शेरबहादुर देउवाद्वारा तरुण दलको केन्द्रीय तदर्थ कार्यसमिति गठन भएको छ । देउवाले विद्वान गुरुङको अध्यक्षतामा ४ सय सदस्यीय कार्यसमिति बनाएका हुन् ।

दाङबाट तरुण नेता शाही केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । स्व.खुमबहादुर खड्काको संरक्षणमा राजनीति गर्दै आएका शाही पछिल्लो समय अभिभावक बिहीन जस्तै थिए । बंगलाचुली गाउँपालिका स्थायी घर भएका शाही घोराहीमा बस्दै आएका छन् ।

सभापति देउवा र तरुण दलका अध्यक्ष गुरुङले शाहीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर स्व.खड्काप्रति गुन लगाएका छन् ।

तरुण दलमार्फत कांग्रेसको संगठन निर्माण र लोकतान्त्रको रक्षाका लागि शाहीले झन् जिम्मेवारी थप भएको बताएका छन् ।

उनले सभापति देउवा र अध्यक्ष गुरुङप्रति विशेष आभार प्रकट गरेका छन् ।

Published : Wednesday, 2023 June 28, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया