कि म छैन, कि किराँती छैन भनेर प्रदीपले दिए प्रचण्डलाई १५ करोडको धम्की
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्ना गतिविधिहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध तिब्र बनाएका छन् ।
बुधबार महानिर्देशक अधिकारीले मन्त्री किराँतीले सोधेको स्पष्टीकरण र कानूनी प्रक्रियाका विषयमा परामर्शहरू गरेका छन् । अधिकारीले आफू निकटका कानून व्यवसायीहरूसँग मन्त्री किराँतीले स्पष्टीकरणको बहानामा हटाएमा अदालतबाट अन्तरिम आदेश ल्याएर पुनर्स्थापना हुन सकिन्छ कि सकिँदैन भनेर परामर्श गरेको स्रोतले जनाएका छन् ।
महानिर्देशक अधिकारीले विभिन्न कर्मचारी संगठनका प्रमुखहरूसँग पनि मन्त्री किराँतीविरुद्ध गोप्य बैठकहरू गरेका छन् । कर्मचारी संगठनका अध्यक्षहरूलाई आर्थिक प्रलोभनमा पारेर विगत दुई वर्षदेखि आफ्नो पुच्छर बनाएर राखेका महानिर्देशक अधिकारीले कर्मचारी संगठनका अध्यक्षहरूलाई चारो फालिदिएको चर्चा छ ।
महानिर्देशक किराँतीले कारबाहीबाट बच्न १५ करोडसम्म तयारी अवस्थामा राखेको भनेर आफू निकटका व्यक्तिसँग कुरा गरेको बुझिएको छ । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री किराँतीलाई १५ करोड दिन्छु र महानिर्देशक पद बचाउँछु भनेर भन्ने गरेको स्रोतको भनाइ छ ।
महानिर्देशक अधिकारीले कर्मचारी संगठनका अध्यक्षहरूलाई एक्लाएक्लै भेट गरिरहेका छन् । उनले मन्त्री किराँतीविरुद्ध प्राधिकरण टुक्र्याउन लागेको विरोधमा प्रदर्शनमा उत्रिन उकासेको स्रोतले जनाएको छ ।
अधिकारीले एमाले निकटका केही पत्रकारहरूसँग पनि भेट गरेका छन् । पूर्वमन्त्री प्रेम आलेले केही पत्रकारहरूलाई पैसा दिएर किराँतीको विरोध र अधिकारीको समर्थनमा समाचारहरू लेखाइरहेको आरोप छ ।
मन्त्री किराँतीले रामेश्वर थापाको सिम्रिक हेलिकप्टरसँग रकम खाएको भनेर महानिर्देशक अधिकारीले समाचार लेखाइरहेको आरोप छ ।
मन्त्री किराँतीले स्पष्टीकरण सोधेपछि तनाबमा परेका महानिर्देशक अधिकारीले आफू निकटका व्यक्तिहरूसँग ‘कि म छैना, कि किराँती छैना’ भनेर बरबराउन थालेको प्राधिकरणभित्र चर्चा छ ।
तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीलाई ६ महिनामै हटाएर अधिकारीले तत्कालीन मन्त्री आलेलाई मोटो रकमको प्रलोभनमा पारेर सिनियर कर्मचारीहरूलाई उछिनेर महानिर्देशक पद हत्याएका थिए ।
अधिकारीले कारबाहीबाट बच्न अहिले नेपाली कांग्रेसका नेता र मन्त्रीहरूसँग गहार मागिरहेका छन् । उनले कांग्रेसका नेता र मन्त्रीलाई विभिन्न माध्यमबाट गुन लगाएका छन् । एमाले समर्थक अधिकारीको मन्त्री किराँतीसँग कुरा नमिलेपछि कांग्रेसका नेता र मन्त्रीको शरणमा पुगेका छन् । कांग्रेसका नेता र मन्त्रीहरूले विवादित अधिकारीलाई बचाउँछन् वा कारबाहीमा सहयोग गर्छन् हेर्न बाँकी छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया