बीस रुपियाँ बुझाएपछि कांग्रेसको सदस्यता पाइने, नवीकरण पनि अनलाइनबाट हुने
काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था मिलाएको छ ।
महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले अनलाइन ( Nepali Congress) बाट सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको विज्ञप्तिमा उल्लेख छ ।
सदस्यता लिन चाहनले २० रुपियाँ बुझाएर अनलाइनबाट कांग्रेसको साधारण सदस्यता लिन सकिने विज्ञप्तिमा उल्लेख छ । अनलाइनबाटै शुल्क बुझाउन सकिनेछ ।
सदस्यता फारम भरेपछि त्यसको जानकारी मोबाइलमा म्यासेजमार्फत आउनेछ । क्रियाशील सदस्यता नवीकरण कांग्रेसको जिल्ला कार्यालयले गर्नेछ ।
कांग्रेसले क्रियाशील सदस्यता पनि खुला गरिसकेको जनाएको छ । क्रियाशील नवीकरण आवेदन पनि वेबसाइटबाट अनलाइनमा भर्न सकिनेछ ।
असार १२, २०८०
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णाय बमोजिम नेपाली कांग्रेसको सदस्यता अनलाइन सम्बन्धमा देहायको व्यवस्था गरेको छ —
१. नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्न शुरु गरेको छ । अब कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइट Nepali Congress (https://www.nepalicongress.org/online-membership) मा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिनेछ । सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ ।
२. यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने गरी सहज व्यवस्था गरिएको छ ।
३. नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नविकरणको नियमित प्रक्रिया शुरु गरिसकिएको छ । नविकरण गर्नको लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पुरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइबाटै नविकरण विवरण भर्नेछ । यसरी नविकरण भएको व्यक्तिको सदस्यता नविकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
४. पार्टीको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्ष वाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ । यस वर्षदेखि निरन्तर रुपमा सदस्यता वितरण गर्ने काम प्रारम्भ भइसकेको छ । क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले पार्टीको वडा तहमा आवेदन दिएमा विधान बमोजिमको प्रक्रिया पुरा भएका व्यक्तिको क्रियाशिल सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले अनलाइनबाट भर्नेछ र सबै विवरण अभिलेख भएपछि सदस्यता कार्ड उपलब्ध गराइनेछ ।
५. नेपाली कांग्रेसको क्रियाशील सदस्यता खुल्ला भइसकेको छ । अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको छ । यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संसोधनको प्रकृया पुरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेवसाइटबाट अनलाइनमै भर्न सकिनेछ ।
जय नेपाल !
प्रदीप पराजुली
का.वा. मुख्य सचिव
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया