गृहमन्त्री श्रेष्ठ हिरो बन्न खोज्दा एआईजी बज्राचार्य फसिन्, तीन घण्टामै ब्याक
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को नालायकीपनका कारण तीन जना व्यक्तिले दु:ख पाएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ गरेका तीन जनालाई प्रहरीले छाड्न बाध्य भएको छ । सीआईबीले कागज गराएर ३ जनालाई रिहा गराएको छ । हिरो बन्न उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारको फाइल खोल्न खोजेका छन् । बालुवाटारको फाइल खुल्यो भने माधवकुमार नेपाल, बाबुराम भट्टराई, विष्णु पौडेल, विजय गच्छदारलाई पनि पक्राउ गर्नुपर्ने हुन्छ । श्रेष्ठले उनीहरूलाई पक्राउ गर्ने आँट र हिम्मत गर्न सक्छन् ?
गृहमन्त्री श्रेष्ठको दवावमा जथाभावी गर्न खोज्दा सीआईबीकी प्रमुख तथा एआईजी किरण बज्राचार्य विवादमा परेकी छिन् । मान्छे पक्राउ गरेको ३/४ घण्टामा छाड्नु परेको छ ।
पक्राउ परेका व्यक्तिको चरित्र हत्या भएको छ । यसको क्षतिपूर्ति कसले दिन्छ ? प्रश्न उठेको छ ।
पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै सीआईबीले छाड्न बाध्य भएको छ ।
साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीन जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतको अन्तरिम आदेशको प्रमाण तीन जनाले प्रहरीलाई देखाएका थिए । तर, प्रहरीले उनीहरू ३ जनालाई घिसारेर लगेको थियो ।
उनीहरूलाई हिरासतबाहिर राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । बालुवाटार जग्गा काण्डमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की छन् । उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया