काठमाडौं आए विश्वकै धनी व्यापारी ज्याक मा
काठमाडौं । विश्वकै धनी चिनियाँ व्यापारी ज्याक मा नेपाल आएका छन् ।
ज्याकमा विश्व प्रसिद्ध ई–कमर्श कम्पनी अलिबाबा ग्रुपका संस्थापक हुन् । ज्याक मा मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् ।
चीनबाट बंगलादेश हुँदै काठमाडौं आएका ज्याक मा बोइङ ७३७ म्याक्स निजी जहाजबाट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागले जनाएको छ ।
ज्याक माको भ्रमणबारे आधिकारिक जानकारी गराइएको छैन । ज्याक माको व्यापारिक भ्रमण रहेको बुझिएको छ ।
ज्याक माले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम रहेको बुझिएको छ । ज्याक मा बत्तीसपुतलीस्थित द्वारिका होटेलमा बसेको स्रोतले जनाएको छ ।
चौधरी ग्रुपको निमन्त्रणामा ज्याक मा काठमाडौं आएको चर्चा छ । व्यापारिक कामको सिलसिलामा ज्याक मा चितवनमा जाने कार्यक्रम छ ।
सन् २०२३ जुन महिनामा ज्याक मा चीनका चौथो तथा विश्वको ३९औं धनी व्यक्ति हुन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया