एमालेका विष्णु पौडेलको पनि नाम जोडिएको प्रकरणमा पाँच जना पक्राउ
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ५ जना आरोपी पक्राउ गरेको छ ।
व्यूरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ ।
२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए ।
उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।
बालुवाटार जग्गा हिनामिना प्रकरणमा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम पनि जोडिएको थियो । पौडेलले आठ आना जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका थिए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले पौडेललाई बालुवाटार जग्गा प्रकरणमा उन्मुक्ति दिएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया