व्यूरोद्वारा भाटभटेनी सुपरमार्केटका मालिकलाई नक्सालबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौंको नक्सालस्थित निवासबाट गुरुङलाई व्यूरोले पक्राउ गरेको स्रोतले जनाएको छ । गुरुङलाई ललिता निवास प्रकरणमा पक्राउ गरेको बुझिएको छ ।

गुरुङ ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुन् ।

गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।

२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपियाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि गुरुङ अदालतमा उपस्थित भएका थिए ।

Published : Tuesday, 2023 June 27, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया