देउखुरीका सुवास काठमाडौंमा पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा दाङको देउखुरीका २६ वर्षीय सुवास चौधरीलाई पक्राउ गरेको छ ।
दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ८ बिजौरी स्थायी घर भई काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुने बस्ने चौधरीलाई प्रहरीले जेठ ८ गते पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
चौधरीले वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर शंकर घिमिरेलाई ठगी गरेको भन्दै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा उजुरी परेको थियो ।
विभागको आदेशपछि प्रहरीले चौधरीलाई जेठ ८ गतेकाठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको थियो ।
Published : Monday, 2023 June 26, 10:41 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया