कांग्रेसका अन्तर्घातीका नाइकेको नयाँ चर्तिकला

काठमाडौं । अन्तर्घातको आरोप लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय कार्यसमितिको बैठकको माग गरेका छन् ।

सोमबार आचार्यले पार्टी कार्यालय ललितपुरमा बैठक माग गरेर पत्र दर्ता गराएका छन् । आचार्यकी पत्नी कमला पन्त राष्ट्रिय सभाकी सांसद छिन् । पन्त पटक पटक मन्त्री बनेर अवसर पाउनेमा पर्छिन् । अन्तर्घाती आचार्यलाई सबै पद ओगटेर कांग्रेसका अरु नेता कार्यकर्तालाई अवसरबाट बन्चित बनाउन निकै रहर लाग्ने गर्छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आचार्यले अन्तर्घात गरेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई हराउन भूमिका खेलेका थिए । आचार्यविरुद्ध अन्तर्घातको आरोपमा थुप्रै उजुरीहरू परेका छन् । आचार्यले काभ्रेपलाञ्चोक जिल्लामा अन्तर्घात गरेर कांग्रेसभित्र हैरान बनाएका छन् ।

नेता आचार्यले अहिले कांग्रेसलाई कमजोर बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । आचार्यले घण्टी कांग्रेस अर्थात अन्तर्घातीहरूलाई बोकेर विभिन्न स्थानमा पुगेर नेतृत्वविरुद्ध हर्कत गरिरहेका छन् ।

नेता आचार्यलाई नेपाल तरुण दलमा आचारण विपरितको हर्कत गरेपछि कारबाहीमा परेका भुपेन्द्रजंग शाही, अन्तर्घाती डा.गोविन्द पोखरेल लगायतलाई बोकेर हिँडेका छन् ।

Published : Monday, 2023 June 26, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया