घरको सम्पत्तिमा जस्तै ओली, भण्डारी र ढकालको नाम, कम्युनिस्टलाई नमूना बनाए
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले जलहरीमा आफूसहित तीन जना एमालेका नेताहरूको नाम लेखाएको खुलासा भएको छ ।
ओलीले आफ्नो व्यक्तिगत सम्पत्तिबाट पशुपतिनाथको मन्दिरमा जलहरी चढाएको जस्तो गरेर नाम लेखाएका हुन् । जलहरीमा ओलीका साथै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको पनि नाम उल्लेख छ ।
तत्कालीन प्रधानमन्त्री ओलीको विशेष चाहनामा चाँदीको जलहरी फेरेर सुनको राख्ने प्रक्रिया फाष्ट ट्रयाकबाट अघि बढाइएको थियो । विवादबीच तत्कालीन राष्ट्रपति भण्डारीले जलहरी अनावरण गरेकी थिइन् ।
त्यसवेला पर्यटनमन्त्री ढकाल थिए । जहरी राख्न पहल गर्नेहरूको नाम त्यसमा कुँदिएको अनुसन्धानबाट खुलेको छ । धार्मिक, पुरातात्विक र ऐतिहाँसिक जलहरीमा सयौँ वर्षपछिसम्म अभिलेख रहने भएकाले नाम नै कुँदिएको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीको विशेष चाहनामा पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने प्रक्रिया अगाडि बढेको थियो । कोरोनाको महामारीका बेला नागरिकले पीसीआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको ओली सरकारले त्यतिवेला जलहरी राखेको थियो ।
ओलीले २०७० सालको माघ १२ गते पशुपतिनाथको मन्दिरमा विशेष पूजा–आराधना गरेर सुनको जलहरी राख्ने प्रतिवद्धता जनाएका थिए । त्यसका लागि ओलीले सरकारी ढुकुटीबाट ३० करोड रुपियाँ तत्काल दिने र जलहरी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।
ओलीको निर्देशनपछि कोषले दुई सय वर्षभन्दा पुरानो चाँदीको जलहरी हटाएर सुनको राख्ने प्रक्रिया अगाडि बढाएको थियो । कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल गठन गरेर प्रक्रिया अगाडि बढाइएको थियो ।
ओली, भण्डारी र ढकालको नाम जलहरीमा कुँदिएको बारेमा विरोध भएपछि एमालेले बचाउ गरेको छ । एमालेका सचेतक महेश बर्तौलाले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताएका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको बताए ।
बर्तौलाले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अतियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्नेकुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने बताए ।
‘पशुपतिको जलहरीमा कहीँकतै बदमासी भएको छभने बदमासी गर्नेहरुलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘दोषीलाई कारबाही गर्नुपर्छ । कठघरामा ल्याउनुपर्छ ।’
उनले भने, ‘हामीसँग सरोकारको विषय होइन यो, सरकारले के रहेछ सत्यतथ्य त्यो बाहिर ल्याउनुपर्छ ।’
एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरू जोडिएका घटनाहरू कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न उनले माग गरेका छन् ।
बर्तौलाले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताए ।
उनले नेतृत्व लिएको हिसाबले नाम आएपनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया