यी हुन पशुपतिनाथको १ करोड ४४ लाख भ्याउने ठूला माछा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताएका छन् । पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणको विवादमा समेत ढकाले परेका छन् ।
ढकाललाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपियाँ बिगो कायम र त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ ।
प्रवक्ता दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ ।
उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । २०७४ साउन ३२ गते तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले ढकाललाई पशुपति विकासको कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया