डा.मन्सुरविरुद्ध माफिया र तस्करको ठूलो जित, कर्मचारीले घुमाएपछि बालेनले कुरै बुझेनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले डा.दिलजन मन्सुरले सञ्चालन गरेको ‘एफडीएच क्लिनिक’ (फुड, डाइबिटिज, हार्ट) बन्द गराएर सबैको ध्यान केन्द्रित गरेको छ ।

डा.मन्सुरले मोटोपना भएका धेरै व्यक्तिहरूको तौल ३ महिनाभित्र घटाउन सहयोग गरेका छन् । उनले दिएको सुझाव र सूत्रका कारण मोटोपना भएका धेरै व्यक्तिहरूले तौल घटाएका छन् । डा.मन्सुरले दिएको सुझाव र अनुरोधलाई व्यक्तिले साँच्चिकै अनुशरण गर्ने हो भने तौल घट्न सक्छ ।

डा.मन्सुरले बिरामीहरूको आफै औषधि घटाइदिएका छैनन् । सुगर, प्रेसर, थाइराइडलगायतका समस्या भएका बिरामीलाई आफूले नियमित चेकजाँच गराएका चिकित्सकहरूको सल्लाहमा मात्रै औषधि सेवनबारे निर्णय गर्न सुझाव दिने गरेका थिए ।
डा.मन्सुरका कारण नियमित औषधि सेवन गरिरहेका हजारौं बिरामीको औषधिको मात्रा कम भएको थियो । औषधिको मात्रा कम भएपछि औषधि उद्योग कम्पनीहरूलाई निकै तनाब भएको थियो । औषधि र मेडिकलसम्बन्धी काम गर्ने माफियाहरूका लागि डा.मन्सुर टाउको दुखाइ बनेका थिए ।

डा.मन्सुरले भनेका छन्, ‘यस क्लिनिक दर्ताको लागि २०७८ कार्तिक २५ गते काठमाडौं महानगरपालिका स्वास्थ्य बिभागमा निबेदन दर्ता गरिएको (दर्ता नम्बर ११७) र पटक पटक निरीक्षणको लागि अनुरोध गर्दा पनि निरीक्षण नगरी आज असार १० गते काठमाडौं महानगरपालिका स्वास्थ्य बिभागबाट अकस्मात् क्लिनिकमा आएर ताल्चा लगाइ क्लिनिक बन्द गराएको ब्यहोरा जानकारी गराइन्छ । यसबाट बिरामीहरूमा पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थी छौं । यसबाट बिचलित नभै धैर्यताका साथ खानपिन अनुशासनमा बसी स्वास्थ्य रहनुहुन अनुरोध गर्दछौं ।’

डा.मन्सुरले उद्योगमा उत्पान भएका रिफाइण्ड तेल, मैदा, पिज्जा, बर्गगर, बिस्कुट, पाउरोटी, पेय पदार्थ, रक्सी, बियर आदिको व्यापार नराम्रोसँग सुकाइदिएका थिए । यो कुरा व्यापारीहरूलाई मन परेको थिएन । डा.मन्सुरका कारण चिनी, तेललगायतको व्यापार सुक्ने अवस्थामा पुगेको छ । मैदा बिक्नै छाडेको छ । रिफाइण्ड तेल मानिसले खानै छाडेका छन् । कोकाकोला, पेप्सी, बियरको बिक्रीमा ह्वात्तै ह्रास आएको छ । बरु घरपाला रक्सीको डिमाण्ड बढेको छ । यो कुरा माफिया र तस्करहरूलाई मन परेको छैन ।

जंक फुडको व्यापार निकै कम भएको छ । जंक फुडका उद्योगहरू बन्द हुने क्रममा छन् । सर्वसाधारणको भान्सामा राखिने सामग्रीहरू फेरिएका थिए । त्यो कुरा माफिया र तस्करलाई मन परेको थिए । विवाह, ब्रतबन्ध, विभिन्न समारोहमा कोकाकोला, पेप्सी जस्ता पेय पदार्थको खपत निकै ठूलो थियो । डा.मन्सुरले ती कुराको साटो चिनी नहालेको दही, महीको प्रयोग गर्न आग्रह गरेका थिए । होटेलहरूको सूचीमा दही र मही थपिएको बहुराष्ट्रिय कम्पनीलाई मन परेको थिए ।

क्लिनिक चलाएर बसेका चिकित्सक, औषधि पसललाई पनि डा.मन्सुरको राम्रो कार्य मन परेको थिए । डा.मन्सुरको क्लिनिक र लो कार्ब रेष्टुरेन्टमा मानिसहरूको भिड लाग्न थालेको थियो ।

डा.मन्सुरलाई सिध्याउन र उनको क्लिनिकलाई बन्द गराउन माफिया र तस्करहरू लागेका थिए । अहिले ती तस्करहरू सफल भएका छन् ।

पछिल्लो केही महिना यता डा.मन्सुरविरुद्ध निरन्तर मिडियाबाजी भइरहेको थियो । तर, डा.मन्सुरले कहिल्यै पनि आफ्नोविरुद्ध आएका समाचारको प्रतिवाद गरेनन् । किन भने उनलाई समाचारको प्रतिवाद गर्नुपर्ने आवश्यक्ता थिएन । डा.मन्सुरले गर्नै नहुने काम कहिल्यै गरेका थिएनन् ।

डा.मन्सुरले कहिल्यै पनि सुगर, प्रेसर, थाइराइडका बिरामीलाई निको पार्छु र सधैँका लागि औषधि खानु पर्दैन भनेका छैनन् । उनले मानिसहरूलाई खानपिनको अनुशासन सिकाउने गर्छन् । डा.मन्सुरले सिकाउने पद्धति कुनै नयाँ होइन । पुरानै पद्धति हो । उनले शरीरलाई चाहिने खाने कुरा कति र कुन मात्रा तथा कुन समयमा खाने भनेर सिकाउँछन् । यो कुराबाट धेरै व्यक्तिलाई फाइदा पनि भएको छ ।

रह्यो कुरा शुल्क निकै महँगो छभन्ने । डा.मन्सुरले दश हजार लिने गरेका छन् । त्यो दश हजारमा उनले आफ्नो शुल्कका साथै काउन्सिलिङको क्लास लिने गरेका छन् ।

महानगरपालिकाबाट आइतबार आएको अनुमगन टोलीले मापदण्ड विपरीत भनेर डा.मन्सुरको एफडीएच क्लिनिक बन्द गराएपछि हलचल आएको छ ।

डा.मन्सुरले धामीझाँक्रीले जस्तो ‘फु’ मन्तर भनेर कुनै पनि व्यक्तिको रोग निको पार्ने वा औषधि बन्द गराएका छैनन् । उनले भनेको सुझावलाई अनुशरण गर्न नसक्नेलाई समस्या भएको हो । अनुशरण गर्नेलाई फाइदा नै भएको छ ।

डा.मन्सुरले रिपब्लिका दैनिकसँग भने, ‘मेरोविरुद्धमा आएका कुराहरूमा कुनै सत्यता छैन । म कानूनी लडाइँमा छु । कानूनभन्दा माथि गएको छैन । कानूनले जे भन्छ मान्नेछु ।’

क्लिनिकले लो कार्ब डाइटबाट मोटोपन घटाउन सकिन्छ भन्ने डा.मन्सुरका अन्तर्वार्ताहरूमा सुन्न र हेर्न सकिन्छ । जीवनशैली र खानपान अनुशासनमा राखे मधुमेह, उच्च रक्तचाप र थाइराइड रोगलाई नियन्त्रण गर्न वा लाग्नै ननिदे अवस्था सिर्जना गर्न सकिने उनले बताउने गरेका छन् । सबै चिकित्सकहरूले भन्ने कुरा पनि यही हो । डा.मन्सुरले नयाँ केही भनेका छैनन् ।

डा.मन्सुरले २०७८ कात्तिक २५ गते क्लिनिक दर्ताका लागि महानगरपालिकाको स्वास्थ्य विभागमा निवेदन दर्ता गराइएका थिए । डा.मन्सुरले आफ्नो क्लिनिकलाई पटक पटक निरीक्षणका लागि महानगरपालिकासँग अनुरोध गरेका थिए । तर, महानगरपालिकाको स्वाथ्य विभागका कर्मचारीहरूले अनुगमन गरेका थिएनन् ।

आइतबार आएर महानगरपालिकाका कर्मचारीले क्लिनिकमा ताल्चा लगाइएका छन् । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’को अभियानमा डा.मन्सुरको सूत्र र सिद्धान्त निकै फलदायी थियो । बालेनले पनि बाजेको पालाका संस्कृति, खानपानलाई बचाउन लागेका छन् । नयाँ संस्कृतिलाई भन्दा पनि पुरानो संस्कृतिलाई बालेनले संरक्षण गर्न खोजेका छन् । डा.मन्सुरको सिद्धान्त पनि त्यही बाजेको पालाको संस्कृति, खानपानलाई बढावा दिन खोज्दा माफिया र तस्करले क्लिनिक बन्द गराएर खुसी मनाएका छन् ।

Published : Monday, 2023 June 26, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया