चीनको गतिविधि निकै बढेका बेला गृहमन्त्री छेन्दु जान लागे
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलहरूको गठबन्धन भत्काउन लागेका उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जान लागेका छन् ।
गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ ७ सदस्यीय टोलीसहित चीनको छेन्दु शहरमा जान लागेको बुझिएको छ । श्रेष्ठ चीन निकट मानिन्छन् । बाध्यताका कारण अहिलेको गठबन्धनमा उनी बसेका छन् । उनले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेरदारी र पार्टी एकताका लागि पहल गर्दै आएका छन् ।
नेपालका लागि चीनका राजदूत छन सोङ र चिनियाँ नेताहरूसँग गृहमन्त्री श्रेष्ठले निकै बाक्लो भेटघाट गर्दै आएका बेला चीन भ्रमणमा जान लागेका छन् ।
गृहमन्त्री श्रेष्ठ चीनको छेन्दुमा हुने व्यापार मेलामा सहभागी हुनेछन् । श्रेष्ठसँग गृह मन्त्रालयका केही सह–सचिवहरू पनि रहनेछन् ।
भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको बुझिएको छ । गृहमन्त्री श्रेष्ठ ४ दिन छेन्दुमा रहनेछन् । छेन्दुबाट उनी नेपाल फर्किने कार्यक्रम छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया