ठमेलको स्नोकर हाउसमा छापा, जुवा खेल्ने समूह पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले स्नोकर हाउसमा छापामारेर जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ घर भई नयाँबजार बस्ने ५० वर्षीय बुलबहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा छापामारेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2023 June 24, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया