लुम्बिनी प्रदेश सभाको बैठक बुधबारसम्म स्थगित

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले शनिबार सूचना जारी गरेर असार १० गते आइतबार बस्ने बैठकलाई असार १३ गते बुधबारसम्मका लागि स्थगित गरेको जनाएका छन् ।

लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको बाह्रौं बैठक विशेष कारणवश स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Published : Saturday, 2023 June 24, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया