मधेश प्रदेशका यी बदनाम घुमुवाहरूको सरुवा
काठमाडौं । नेपाल प्रहरीका घुमुवाहरूको निकै आलोचना भइरहेका बेला २९ जना घुमुवाहरूको सरुवा भएको छ ।
घुमुवाहरूले अपराध नियन्त्रणमा सूचना संकलन गर्नेभन्दा पनि सेटिङ गरेर आफ्ना हाकिमहरूलाई अबैध असुली गर्ने गरेको आरोप छ ।
वर्षाैदेखि एकै ठाउँमा खटिएर तस्करहरूसँग मिलेको आरोपमा २९ जना प्रहरीलाई प्रहरी हेडक्वाटरले हटाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहलाई कालीकोट सरुवा भएको छ । बारामा कार्यरत प्रबनानि सागरशम्शेर जबरालाई रामेछाप खटाइएको छ ।
धनुषामा कार्यरत सई नागेन्द्र राउत अहिरलाई संखुवासभामा सरुवा गरिएको छ । सर्लाहीका प्रनानि रामरेख राय यादवलाई दोलखा, सप्तरीका प्रनानि सुरेशकुमार यादवलाई भोजपुरमा सरुवा भएको छ ।
सप्तरीका प्रसनि चन्देश्वर यादवलाई सोलुखुम्बु, बाराका प्रबह जितेन्द्र महतो नुनियालाई धादिङ, प्रबह राजमंगल सिंहलाई मोरङबाट रामेछाप, प्रह अजितकुमार सिंहलाई रौटहटबाट सिन्धुली सरुवा गरिएको छ ।
प्रह अजयकुमार यादवलाई पर्साबाट नुवाकोट, प्रह राजु प्रसादलाई सर्लाहीबाट ओखलढुंगा, प्रह रामविनय प्रसादलाई सप्तरीबाट सिन्धुपाल्चोक, प्रह बिरजेश मुखिया बिनलाई धनुषाबाट भोजपुरमा सरुवा गरिएको छ ।
प्रह सुरेन्द्रप्रसाद यादवलाई सिरहाबाट पाँचथर, प्रह मोतीलाल पटेललाई महोत्तरीबाट भोजपुर, प्रसह फिरोज मंसुरलाई सप्तरीबाट नुवाकोट, प्रसह भुपेन्द्रसिंह कार्कीलाई सर्लाहीबाट अछाममा सुरुवा गरिएको छ ।
प्रसह शम्भु ठाकुर हजामलाई सर्लाहबाट सोलुखुम्बु, प्रसह गेनालाल महतो नुनियालाई सर्लाहीबाट तेह्रथुम, प्रसह विनोदकुमार यादवलाई धनुषाबाट खोटाङ, प्रसह दिलिपकुमार चौधरीलाई बाराबाट ओखलढुंगामा सरुवा गरिएको छ ।
प्रसह सत्यप्रकाश ठाकुरलाई सप्तरीबाट धनकुटा, प्रसह भाग्यनारायण साह रौनियारलाई सप्तरीबाट तेह्रथुम, प्रसह अनिलकुमार यादवलाई सप्तरीबाट रसुवा, प्रसह शम्भु राय यादवलाई सिरहाबाट सिन्धुपाल्चोक, प्रसह सरेश राय यादवलाई धनुषाबाट तेह्रथुम र प्रज सुरज कुमारलाई बाराबाट ओखलढुंगामा सरुवा गरिएको छ ।
अनुगमन प्रतिवेदन तथा अन्य स्रोतबाट आएका सूचनाका आधारमा उनीहरूलाई अन्यत्र जिल्लामा सरुवा गरिएको प्रहरी प्रवक्ता (डीआइजी) कुबेर कडायतले बताएका छन् ।
सीमा क्षेत्रमा तस्करीलगायत विकृतिको छानबिन गर्न गत महिना प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई चार प्रदेशमा गोप्य रूपमा खटाएको थियो ।
गत महिना एआइजी मीरा चौधरीको नेतृत्वमा मधेशका आठ जिल्लामा गोप्य अनुगमन भएको थियो ।
मीराको टोलीले लामो समयदेखि कार्यरत प्रहरीका कारण सीमा क्षेत्रमा तस्करीलगायत विकृति रहेको प्रतिवेदन दिएको थियो ।
सोही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा मधेशका केही प्रहरीलाई अन्यत्र खटाइएको प्रवक्ता कडायतले बताए ।
असार १ गते २४ घण्टाको समय दिएर रवाना दिन निर्देशन दिइएको छ । सोहीअनुसार उनीहरूलाई खटाइएको जिल्लामा रवाना गरिएको छ ।
तराईका जिल्लामा बस्न र फर्कन घुमुवाहरूले चलखेल शुरु गरिसकेका छन् । उनीहरूको सम्पत्ति अनुसन्धान गरेमा अकुत आर्जन पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् ।
घुमुवाहरू राजनीतिक शक्ति केन्द्रको संरक्षणमा वर्षौँदेखि तराईका जिल्लामा कार्यरत थिए । पटक–पटक प्रहरी प्रधान कार्यालयमा उनीहरूविरुद्ध उजुरी परे पनि कारबाही हुन सकेको थिएन ।
कोशी प्रदेशमा एआईजी टेकप्रसाद राई, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदूरपश्चिममा सुदीप गिरीको नेतृत्वमा अनुगमन भएको थियो । अन्य प्रदेशको प्रतिवेदन पनि कार्यान्वयनको क्रममा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया