स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनपछि गरिव जनताका लागि बीरमा अहिलेसम्मकै ठूलो निर्णय
काठमाडौं । स्वास्थ्य जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न बिरामीका लागि ठोस कार्ययोजना ल्याउन निर्देशन दिएको केही दिनभित्रै वीर अस्पतालले ठूलो निर्णय लिएको छ ।
वीर अस्पतालले आफ्ना ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीका लािग नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषदले ७ सय बेड नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको हो । शुक्रबारदेखि नै वीर अस्पतालले ७ सय बेडहरू नि:शुल्क दिन थालेको छ ।
वीर अस्पतालले यसअघि बिरामीसँग प्रतिबेड २०० रुपियाँ शुल्क लिने गरेको थियो । वीर अस्पता देशको सबैभन्दा ठूलो अस्पताल हो । वीरलाई गरिवले भरपर्दो उपचार गर्ने अस्पतालका रुपमा लिन्छन् ।
न्याम्सका उप–कुलपति डा. भुपेन्द्र बस्नेतले सात सय बेड बिरामीलाई नि:शुल्क दिइने बताएका छन् । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।
७०० बेड नि:शुल्क गरेवापत् हुने वार्षिक पाँच करोड रुपियाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिनेछ ।
न्याम्सले अन्य आंगिक अस्पतालहरूसँग समन्वय गरेर बिरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ ।
स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई सुनिश्चित गर्न सरकारले न्याम्समार्फत काम अघि बढाउने तयारी गरेको छ ।
सरकारले बिहीबार उप–कुलपतिमा डा.भुपेन्द्र बस्नेत, रेक्टारमा डा.लोचन कार्की, रजिष्ट्रारमा डा.ज्ञानेन्द्र शाह र डिनमा डा.अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया