पूर्वप्रधानमन्त्री चन्दकी पत्नीको निधन
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको पत्नी दीव्यश्वरी चन्दको निधन भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार उपचारका क्रममा दीव्यश्वरीको ८३ वर्षको उमेरमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
दीव्यश्वरीको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पूर्वप्रधानमन्त्री चन्दका दुई पत्नी, चार छोरा र तीन छोरी छन् ।
Published : Saturday, 2023 June 24, 11:22 am
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया