सामाखुसी टाउनप्लानिङमा चार तलामाथिबाट युवक खसे, युवती पनि घाइते
काठमाडौं । काठमाडौंको टाउनप्लानिङको घरबाट एक जना युवक खसेर घाइते भएका छन् ।
शुक्रबार बिहान ती युवक घरको चार तलाबाट खसेको सीसीटीभीको भिडियोमा देखिएको सामाखुसी टाउनप्लानिङ समितिका सदस्य प्रकाशकुमार श्रेष्ठले बताएका छन् । घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको उनले बताए ।
घरको कोठामा पुगेर प्रहरीले हेर्दा एक जना महिला पनि चोटपटक लागेको अवस्थामा फेला परेको जनाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले सामाखुसी टाउनप्लानिङको घरको चार तलामाथिबाट युवक खसेको पुष्टि गरेका छन् । उनले घटनाका विषयमा अनुसन्धान भइरहेको र डिटेलमा पछि जानकारी गराउने बताएका छन् ।
सीसीटीभीको भिडियोमा युवक गाडीमाथि खसेको देखिन्छन् । युवक खसेको गाडी नेपाटप कम्पनीका मालिकको हो ।
केही समय खसेकै स्थानमा पल्टिएका युवक दश मिनटमा आफै उठेर गएको भिडियोमा देख्न सकिन्छ ।
ती युवक खसेको घर विवादित हो । नवलपरासीका एक जना व्यक्तिको नाममा रहेको सो घरको विषयमा ठूलो मुद्दामामिला र झमेला छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया