कांग्रेस–माओवादी गठबन्धन भत्काउन विद्यादेवीद्वारा भाइलाई प्रयोग

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई भत्काउन एमाले समर्थक सानो समूह लागेको छ ।

कांग्रेसभित्र एमालेप्रति झुकाब राख्ने दोस्रो तहका नेताहरू पनि कांग्रेस र माओवादीबीचको गठबन्धन भत्काउन लागेको छ । कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की नै अहिलेको गठबन्धन भत्काउन लागेको रहस्य बाहिर आएको छ ।

कांग्रेस नेता कार्की एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाताले भाइ पर्छन् । भण्डारीको उक्साहटमा लागेर कार्कीले कांग्रेस र माओवादीको गठबन्धन भत्काउने गतिविधि गरेको समाचारहरू बिहीबार प्रकाशित भएका छन् ।

बिगतमा पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काउन नेता कार्कीको ठूलो हात थियो । कार्कीले सभापति शेरबहादुर देउवालाई तत्कालीन राष्ट्रपति भण्डारीले एमालेसँग मिलेर कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने आश्वासन आएको छभनेर राखेका थिए ।

कार्कीको त्यही सुझाव र गलत सूचनाले गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सत्ताका लागि गठबन्धन गरेका थिए ।

अहिले कांग्रेस सत्तामा पुगेको छ । पूर्वराष्ट्रपति भण्डारीको उक्साहटमा लागेर नेता कार्कीले गठबन्धन भत्काउने गतिविधि गरेपछि चिन्ताको विषय बनेको छ । सभापति देउवा अहिले नै गठबन्धन भत्काउने पक्षमा छैनन् । देउवा उपचार गर्न सिङ्गापुर गएको विषयलाई लिएर अपब्याख्या गरेर सानो समूह निकै लागेको छ । देउवाले प्रधानमन्त्री दाहाललाई धोका दिने पक्षमा छैनन् ।

बुढानिलकण्ठमा भव्य घरमा बस्दै आएकी भण्डारीले त्यहिँबाट राजनीतिक गतिविधि चलाउँदै आएकी छिन् । उनले आफ्नै घरमा एमाले र कांग्रेसका नेताहरूलाई बोलाएर कुराकानी गर्ने गरेकी छिन् ।

उता, कांग्रेस र माओवादीको गठबन्धन भत्काउन नेकपा (एकीकृत समाजवादी)का सांसदहरू राजेन्द्रप्रसाद पाण्डे, प्रेम आले, किसान श्रेष्ठहरूको समूह पनि लागेको छ । उनीहरूले बजेट संशोधनको माग गरेका छन् । बजेट संशोधन हुने हो भने सरकार ढल्नेछ ।

उता, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अहिलेको गठबन्धन भत्काउन लागेका छन् । यादवले पनि बजेट संशोधनको माग गरेका छन् ।

कार्की अहिलेको गठबन्धन भत्काएर एमालेसँग मिलेर नयाँ सरकार बनाएपछि मन्त्री बन्न पाइन्छ कि भन्ने ध्यानमा छन् । सभापति देउवाको कोटाभित्र धेरै अवसर पाउनेमा कार्की पर्छन् ।

Published : Thursday, 2023 June 22, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया