मन्त्रीलाई असफल बनाउन प्रदीपको एक्शन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई असफल बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हात धोएर लागेका छन् ।
महानिर्देशक अधिकारीले मन्त्री किराँतीविरुद्ध विभिन्न हर्कतहरू गरेको आरोप लागेका बेला नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाही गरेका छन् । महानिर्देशक अधिकारीले निगमका दुई जना पाइलटलाई ग्राउण्डेड गरेर जापानमा उडान गरेर राम्रो आम्दानी गरिरहेको नेपाल वायुसेवा निगमको व्यापारमा नोक्सानी गरिदिएका छन् ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज उडाएका दुई पाइलटले १५ जुनका दिन जापानको नारिता विमानस्थलमा जहाज ओभरस्पिडमा अवतरण गराउन खोजेको आरोप महानिर्देशक अधिकारीले लगाएका छन् ।
मन्त्री किराँतीले निगमलाई चयालयमान बनाएर कमाइ गर्ने अवस्थामा पुर्याएका छन् । अधिकारीले निगमलाई धरासायी बनाएर निजी र विदेशी जहाज कम्पनीहरूलाई पोस्न खोजेका छन् ।
निगमको जहाज ओभरसुट गर्नु परेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ । जहाजका विषयमा नेपाल वायुसेवा निगमले छानविन गरी प्रतिवेदन प्राधिकरणमा बुझाएको थियो ।
प्राधिकरणले घटनाबारे छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले प्रतिवेदन नदिएसम्म ती दुई पाइलटले जहाज उडाउन पाउने छैनन् ।
पूर्वमन्त्री प्रेम आले र महानिर्देशक अधिकारीबीच अहिले पनि राम्रो हिमचिम छ । अधिकारीले लेखिदिएको भाषणलाई केही दिन अगाडि पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद आलेले सदनमा विशेष समय लिएर मन्त्री किराँतीका विरुद्ध बोलेका थिए ।
महानिर्देशक अधिकारीले नै मन्त्री किराँती र राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीबीच विवाद रहेको भनेर आलेमार्फत एमाले समर्थक केही अनलाइनहरूमा समाचार समेत लेखाएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया