बालेनसँग पङ्गा लिँदा प्रदीप अधिकारी डाउन

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’सँग तत्काल स्पष्टीकरण नसोध्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा आदेश जारी गरेको छ ।

महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले दायर गरेको रिटमा न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले स्पष्टीकरण नसोध्न आदेश जारी गरेको छ ।

सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत शुक्रबार मेयर शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेका थिए ।

काठमाडौं महानगरले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै फेन्सिङ तार काटेको थियो ।

Published : Thursday, 2023 June 22, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया