धनुषा प्रहरीले २४ घण्टाभित्र काम फत्ते गर्‍यो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले ट्याक्टर चोरलाई पक्राउ गरेको छ ।

पार्किङ गरि राखिएको ट्याक्टर चोरी गरेको आरोपमा बिहीबार धनुषाधाम नगरपालिका–५ का २६ वर्षीय धर्मेन्द्रकुमार साहलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।

धनौजी गाउँपालिका–३ का फिरोज साहले आफ्नो घर अगाडि पार्किङ गरी राखेको ज १ त ८६९१ नम्बरको ट्याक्टर बुधबार बिहान चोरी भएको थियो ।

ट्रयाकटर चोरी भएको सूचना प्राप्त भए लगत्तै धनुषा प्रहरीले खोजतलास शुरु गरेको थियो ।

धर्मेन्द्रलाई क्षिरेश्वरनाथ नगरपालिका–८ दीगम्बरपुरबाट बिहीबार चोरी भएको ट्याक्टरसहित पक्राउ गरिएको एसपी खड्काले बताएका छन् ।

ट्याक्टर चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धर्मेन्द्रमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।

प्रहरीले चोरीको सूचना पाउनेवित्तिकै सक्रिय भएको थियो । ट्याक्टर चोरी भएको २४ घण्टाभित्रै चोरलाई रंगेहात पक्राउ गरिएको एसपी खड्काले बताए ।

Published : Thursday, 2023 June 22, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया