हाइलेबलका मान्छेहरूले गर्न नसकेको काम बालेनले गरिदिए
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले भारतीय विवादित फिल्म ‘आदिपुरुष’लाई लिएर अदालतले दिएको आदेशलाई नमान्ने बताएका छन् ।
बिहीबार नगरप्रमुख बालेनले प्रेस नोट जारी गरेर आदिपुरुष फिल्मका कथा लेखकले दिएको विवादित बयानलाई लिएर आक्रोश पोखेका छन् । बालेनले आदिपुरुष फिल्मलाई काठमाडौं महानगरपालिकाभित्र चल्न नदिने बरु जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
बालेनले भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन ।’
‘फिल्म लेखकले नेपाललाई भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ’, बालेनले भनेका छन् ।
‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाललाई भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ’, नगरप्रमुख बालेनले भनेका छन् ।
‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु’, बालेनले भनेका छन्, ‘तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
आदिपुरुष फिल्मलाई लिएर बालेनको पछिल्लो अडानले झन् समस्या बनाइदिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया