भीमफेदीमा गली सडेको अवस्थामा शव फेला

काठमाडौं । प्रहरीले मकवानपुर जिल्लामा सडी गलेको अवस्थामा पुरुषको शव फेला पारेको छ ।

भीमफेदी गाउँपालिका–८ रिठ्ठेदमारस्थित बागमती खोलाको किनारमा शव फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार नाम, थर, वतन नखुलेका पुरुषको शव सडीगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव फेला परेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 June 22, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया