कांग्रेसमा एकले अर्कालाई नखुइल्याउन खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापालाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।

बुधबार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका हुन् ।

उनले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोही पनि दह्रो नहुने बताए ।

उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् ।

उनले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताए ।

उनले सत्तारुढ गठबन्धनका केही दलहरूले आफूहरूलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेका बताए ।

कांग्रेस नेता खतिवडाले मोर्चामा आवद्ध दलहरूलाई पार्टी एकता नै गर्न सुझाव दिएका छन् ।

Published : Wednesday, 2023 June 21, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया