करोडौं रकम ठगी गरेको अभियोग लागेका धुर्मुस-सुन्तलीलाई सासुले उद्धार गरिन्, प्रचण्डले दिए छुट

काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमूनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले फाउण्डेशनलाई छुट दिने निर्णय गरेको हो । फाउण्डेशनले चितवनमा रंगशाला निर्माण गर्छु भनेर करोडौं ठगी गरेको अभियोग लागेको धुर्मुस सुन्तली फाउण्डेशनलाई करमा छुट दिएर सबैलाई चकित तुल्याइदिएको छ ।

सरकारले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुन: स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘धुर्मुस सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुन: निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ’, उनले भनेकी छिन् ।

‘नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुन: स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ’, मन्त्री शर्माले भनेकी छिन् ।

मन्त्री शर्माले मन्त्रीपरिषदमा विपदको बारेमा थप व्यवस्थापन गर्ने बारेमा छलफल भएको बताएकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फाउण्डेशनलाई करमा छुट दिएका छन् ।

धुर्मुसकी सासु तथा सुन्तलीकी आमा ललितपुरको गोदावरी नगरपालिकामा माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकी थिएन् । सासुको जोडबलमा धुर्मुसले करमा छुट पाएका छन् ।

Published : Tuesday, 2023 June 20, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया