माओवादी निकटका दुई जनालाई राजनीतिक नियुक्ति, मालामाल हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको सदस्यमा दुई जनालाई नियुक्ति गरेका छन् ।

मन्त्री किराँतीले शिक्षित पराजुली र हरिनाथ ढकाललाई नियुक्त गरेका हुन् । नियुक्त भएका दुबै जना माओवादी केन्द्र निकटा हुन् ।

मन्त्री किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेको प्रवक्ता रेवतीरमण अधिकारीले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य कोष सञ्चालक परिषदमा नियुक्त गर्ने व्यवस्था छ ।

परिषदमा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ ।

Published : Tuesday, 2023 June 20, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया