टाइगर फोर्सका प्रमुख सिंहलाई गोली हानेर हत्या
लण्डन । क्यानडामा खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदीप सिंह निज्जारको हत्या भएको छ ।
सिंह भारतीय प्रहरीको फरार सूचीमा छन् । सिंहलाई क्यानडामा स्थानीय समयअनुसार आइतबार राति साढे ८ बजे सरी शहरमा गोली हानेर हत्या भएको छ ।
सिंहलाई दुई जनाले गोली हानेर हत्या गरेको द हिन्दुले जनाएको छ । गुरूद्वाराको पार्किङमा लटमा गाडीभित्र बसिरहेका सिंहको दुई अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेका छन् । घटनापछि दुबै जना फरार भएका छन् ।
सिंहको हत्यापछि खालिस्तानी समुदायले प्रदर्शन समेत गरेका थिए । सिंह नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए । एनआइएले उनीविरूद्ध चार वटा मुद्दा रहेको बताएको छ ।
जलन्धरको भरसिंहपुरका सिंहविरूद्ध पन्जाब प्रहरीले पनि केही मुद्दा दायर गरेको छ । सिंह सन् १९९७ मा क्यानडा पुगेका थिए ।
सिंह दुई श्रीमती र दुई छोरासँग बस्दै आएका थिए । उनीविरूद्ध सन् २०१६ मा रेड नोटिस जारी भएको थियो । सन् २०२२ मा एनआइएले सिंहलाई पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १० लाख भारू दिने घोषणा गरेको थियो ।
भारतमा खलिस्तानको अभियान चलाइरहेका प्रमुख नेता अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ । सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया