बाढीपहिरोमा ६ जनाको मृत्यु, २९ जना बेपत्ता, ६ जना घाइते
काठमाडौं । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ६ जनाको मृत्यु भएको छभने २९ जना बेपत्ता भएका छन् ।
सोमबार दिउँसोसम्म बाढीपहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३ जना, पाँचथरमा १ जना र नुवाकोटमा १ जना गरी ६ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेमा ५ जना पुरूष र १ जना बालिका रहेका छन् ।
बाढीपहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढीपहिरोमा परी संखुवासभामा २१ जना, ताप्लेजुङमा ३ जना र पाँचथरमा ५ जना गरी २९ जना वेपत्ता भएको विज्ञप्तिमा उल्लेख छ । सुरक्षाकर्मीले वेपत्ताको खोजी कार्य जारी राखेका छन् ।
बाढीपहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
६७ वटा पशु चौपायको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि सोमबारसम्म विपदका घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन् ।
बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया