नेपालमा चीन मन्द्राउन थाल्यो, एमाले-रास्वपा-राप्रपासँग गोप्य भेट, नाङ्गिए राष्ट्रवादीहरू
काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्रसहितका दलहरूको गठबन्धन सरकारप्रति चीनलाई निकै टाउको दुखाइ बनेको छ ।
चीनले नेपाली नेताहरूलाई बेइजिङमा बोलाएर राजनीतिक ‘पम्प’ भर्ने कार्यहरू गरिरहेको छ । चीनले हालै माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० जनालाई बोलाएर अहिलेको गठबन्धनको सरकारविरुद्ध उकासेको छ ।
चीनले केही दिन अगाडि मात्रै एमालेका नेता तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई पनि बोलाएर स्वागत गरेको छ ।
चीनले तिमिल्सिनालाई स्वागत सत्कार गरेर अहिलेको गठबन्धन भत्काएर कम्युनिस्टहरूलाई मिलेर जान दवाव दिएको छ ।
करीव ४ महिना चीनमा उपचार गरेर माओवादी केन्द्रका नेता वर्षमान पुन पनि फर्किएका छन् । पुनले पनि आफ्नो राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । नेता पुनले हाइलेबलमा भेटवार्ताहरू गरिरहेका छन् ।
यता, नेपालमा चिनियाँ नेता र सरकारी निकायका कर्मचारीहरूको बाक्लै भ्रमण भइरहेका छन् । चीनले नेपाल पठाएका नेता र सरकारी अधिकारीहरूको भ्रमणलाई निकै गोप्य राखेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिन नेतृत्वको जम्बो टोली काठमाडौंमा छ । छु मिनको ओलीले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई भेटवार्ता गरेको छ । ओलीको निवास बालकोटमा आइतबार छु मिनले भेट गरेर कम्युनिस्टहरू मिलेर जान सुझाव दिएकी छिन् ।
छु मिनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेट गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत छेन सङ्गले पनि आफ्नो राजनीतिक गतिविधिलाई अगाडि बढाइरहेका छन् । राजदूत सङ्गले लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर आफ्ना गतिविधि चलाइरहेका छन् ।
एमसीसी लुम्बिनी प्रदेशमा सञ्चालन हुन लागेको छ । एमसीसीलाई रोक्न चिनियाँ राजदूत सङ्गले गतिविधि गरेको आरोपछ ।
केही हप्ता अगाडि चिनियाँ राजदूत सङ्गले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग बुटवलमा भेट गरेका थिए ।
मुख्यमन्त्री चौधरीले चिनियाँ राजदूत सङ्गको प्रस्तावहरूलाई अस्वीकार गरिदिएका छन् । चिनियाँहरूले नेपालका सबै खनिज तत्व पाइने खानी र हाइड्रोपावरहरू कब्जा गर्न खोजी रहेका छन् ।
रास्वपाका सांसद डा.स्वर्णिम वाग्ले, डीपी अर्यालले पनि चिनियाँ छु मिनको टोलीसँग भेट गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चिनियाँ प्रतिनिधिमण्डकली प्रमुख छु मिनलाई भेट गरेका छन् ।
ओली, डा.वाग्ले र अध्यक्ष लिङ्देनले चिनियाँ नेता र उच्च अधिकारीहरूलाई भेट गर्ने क्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधि नै नराखेर भेट गरेका छन् । राष्ट्रियता र सुशासनको कुरा गर्ने उनीहरू पनि चिनियाँहरू समक्ष नाङ्गिएका छन् ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया