तरुण अध्यक्ष गुरुङद्वारा क्यान्सरको उपचार गराइरहेका बालकलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले क्यान्सर रोगको उपचार गराइरहेका बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

आइतबार अध्यक्ष गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं.७ चापाखोरी कुरुवास निवासी अनिलकुमार मोक्तानलाई १ लाख ३० हजार नगद हस्तान्तरण गरेका हुन् ।

तामाङका १० वर्षीय छोरालाई ब्लड क्यान्सर भएपछि सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको छ ।

नेपाल तरुण दल काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका कार्यसमिति, नेपाल तरुण दल काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष सुजन लामाको पहलमा १ लाख ३० हजार नगद अध्यक्ष गुरुङले हस्तान्तरण गरेका हुन् ।

बालकको उपचारका लागि तरुण दलका नेताहरूको पहलमा सो आर्थिक रकम संकलन भएको थियो । तरुण दलका अध्यक्ष गुरुङले बालकको उपचारका लागि थप सहयोग गर्न पनि अपील गरेका छन् ।

Published : Sunday, 2023 June 18, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया