खतिवडाद्वारा ०४६ पछि क-कसले स्वास्थ्य उपचार लिए नाम सार्वजनिक गर्न मन्त्रीलाई सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि निकै बजेट छुट्टाएको भन्दै चिन्ता जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले स्वास्थ्य मन्त्रालयलाई थोरै बजेट दिएर जनताको स्वास्थ्यमा खेलवाड गरिएको बताए । उनले बजेटको तथ्याङ्कको हिसाबले स्वास्थ्य मन्त्रालय पाँचौँ नम्बरमा रहेको बताएका छन् ।
उनले भने, ‘मन्त्री बन्दा अरु मन्त्रालय रोज्लान् । तर, हामीले पहिलो प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राखेका छौँ । जनताको सरोकारको विषय स्वास्थ्य नै हो ।’
‘एउटा मान्छे आफू स्वास्थ्य भएन भने त्यसले देशलाई स्वस्थ्य बनाउन सक्दैन । २०४६ साल पछाडि राज्यबाट उपचार गर्न क–कसले कति कति रकम त्यो एउटा स्वयत पत्र जारी गरिदिनुस्’, खतिवडाले भने, ‘सबैका लागि तत्काल चित्त बुझ्ने काम हुन्छ । गरिब मान्छे सिटामोल नपाएर गाउँमा मरिरहेको हुन्छ ।’
उनले भने, ‘पदमा गएको मान्छे पदबाट बाहिर निकल्दा पजेरो, एउटा घर नहुँदासम्म मन्त्रालय छोड्दैन भन्छ । यो पद्दति अन्त्य गर्नका लागि पनि राज्यबाट सुविधा पाइन्छ, राज्यले मात्रै गर्छ भन्ने कुराको अन्त्य गर्नको लागि ०४६ साल सक्नु हुन्न भने ०६४ साल पछाडि क–कसले कति कति राज्यबाट अनुदान सहयोग लिएर उपचार गरे सबैको एउटा स्वयत पत्र जारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’
उनले भने, ‘अघिल्लो वर्ष १९६ अर्ब शिक्षा मन्त्रालयमा रहेछ । अहिले अलिक कम भएको छ । दुई नम्बरमा गृह रहेछ । अहिले पनि गृहलाई १९४ अर्ब छ । तीन नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेछ । चार नम्बरमा उर्जा, जलस्रोत रहेछ । पाँचौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेछ । स्वास्थ्य मन्त्रालयमा झण्डै ८४ अर्ब बजेट मैले पाएको डाटामा छ । त्यसमध्ये ५९.३ प्रतिशत संघमा खर्च गर्नु हुन्छ । प्रदेशमा ७.२ प्रतिशत खर्च गर्नु हुन्छ भने स्थानीय तहमा ३३.५ प्रतिशत खर्च गर्नु हुन्छ ।’
‘हामीले पहिलो ध्यान दिने भनेको स्थानीय तहमा हो । प्रत्यक वडामा त्यहाँको गरिव किसानले स्वास्थ्यको सुविधा पाउनुपर्छ’, उनले भने, ‘नभए पनि स्थानीय तहमा एकै ठाउँमा बसेर हामीले ७५३ वाला हस्पिटलको कता कता मैले सुनेको थिएँ स्वीच अन (केपी ओलीको पालामा) गरेर उद्घाटन गरेको पनि सुनेको थिएँ ।’
‘शिलान्यास गरेको पनि सुनेको थिएँ । कमसे कम त्यो ठाउँमा दक्ष जनशक्ति पुर्याउने र औषधि पुर्याउने व्यवस्था भयो भने आधा समस्याको समाधान हुन्छ’, उनले भनेका भनेका छन् ।
‘सबैभन्दा महँगो पनि नेपालमा स्वास्थ्य नै छ । गाउँको मान्छे एउटा भैँसी, एउटा पाठो, एउटा कुखुरो बेचेर उपचार गर्न आएको हुन्छ । प्राइभेट हस्पिटलमा जाने हो भने दुई तीन लाख डिपोजिट नलिइकन भर्ना नै गर्दैन । बाहिर थन्काएर राख्नुपर्छ’, कांग्रेसका सांद खतिवडाले भनेका छन् ।
‘सरकारी हस्पिटलमा पनि त्यस्तै अवस्था छ । ठाउँ पाइँदैन । बिरामीलाई बेड पाइँदैन । सरकारीबाट प्राभेटमा जा भन्छ । प्राभेटमा राखिदिन्छ । त्योसँग पैसा हुँदैन’, उनले भनेका छन्, ‘राज्यले त्यसलाई उपचार गर्ने व्यवस्था गरेको हुँदैन ।’
‘हामीले सानो कामको शुरुवात गरौँ । ७० वर्ष नाघेका जो सुकै नागरिक हुन् । फ्रिमा उपचार गर्ने व्यवस्था सरकारले गरोस्’, उनले भनेका छन् ।
‘हामी मन्त्री हुनेवित्तिकै महँगा उपकरणहरू मन्त्रालयमा किन्ने थन्काएर राखिदिने त्यसलाई प्रयोग नगर्ने पद्दतिको विकास भएको छ’, खतिवडाले भनेका छन् ।
‘सबैभन्दा ठूला व्यापारी जो छन् यस क्षेत्रका उनीहरूको गुड मर्निङ पनि नेताहरूसँग हुन्छ । गुड आफ्टर नुन पनि नेताहरूसँग हुन्छ । गुड इभिनिङ पनि नेताहरूसँग हुन्छ । व्यापारीले फाइदा लिन्छ । जनताले राहत पाउँदैनन्’, उनले भनेका छन् ।
‘कतिपय मन्त्रीहरूलाई सदनमा जाँदा मेरो मन्त्रालयको अवस्था के छ ? भन्ने पूर्वतयारी नहुँदाको परिणाम हामीले भोग्नु परेको छ’, सांसद खतिवडाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया