यी हुन् पाल्पामा चोरी गर्ने तीन वटा ट्रिपरहरू
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाल्पाले तीन वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी प्रभासबाट खटिएको गस्ती टोलीले तिनाउ गाउँपालिका वडा नं. ५ चरचरेस्थित भित्री सडक चिउरेबाट नियन्त्रणमा लिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले प्रदेश २–०३–००१ ख ३२२९, प्रदेश २–०२–००१ ख २९९२ र प्रदेश २– ०३–००१ ख २९९४ नम्बरका ट्रिपरहरू नियन्त्रणमा लिएको छ ।
ढुंगा बोकेका तीन वटा ट्रिपर बुटवलतर्फ जान लागेका बेला शनिबार चोरी निकास गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
तीन वटा ट्रिपरले रोयल्टी तिरेका थिएनन् । उनीहरूलाई आवश्यक कार्वाहीको लािग तिनाउ गाउँपालिकाको कार्यालयमा बुझाइएको छ ।
Published : Sunday, 2023 June 18, 5:02 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया