ललितपुर प्रेस युनियनको अध्यक्षमा दाहाल चयन
काठमाडौं । नेपाल प्रेस युनियन ललितपुरको अध्यक्षमा केदारनाथ दाहाल सर्वसम्मत चयन भएका छन् ।
शनिबार ललितपुरमा सम्पन्न अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षहरूमा रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशालक्ष्मी अधिकारी चयन भएका छन् ।
सचिवमा काजीमान खड्का, सह–सचिवमा विनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङ चयन भएका छन् ।
सदस्यहरूमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा चयन भएका छन् ।
अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नहकुल अर्याल, नेपाल प्रेस युनियनको उपत्यका कार्यसमितिका अध्यक्ष लीलाराज खनाललगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया