कांग्रेस नेता गिरीको गाडी दुर्घटनामा मृत्यु, चालक पक्राउ

काठमाडौं । सवारी दुर्घटनामा नेपाली कांग्रेसका नेता तथा स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ ।

शुक्रबार राति करीव ११ बजे पुतलीबजार नगरपालिका–१० बरजास्थित सिद्धार्थ राजमार्गमा गिरी सवार बा १५ च १७०९ नम्बरको स्कारपिओ गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो । गिरीलाई चिकित्सकले ११:४० बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र अधिकारीले बताएका छन् ।

कांग्रेस नेता गिरी राङखोलाबाट स्याङ्जा बजारतर्फ जाँदै थिए । गिरी सवार गाडी अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

गाडी चालक पुतलीबजार नगरपालिका–९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई प्रहरलिे नियन्त्रणमा लिएको छ ।

Published : Saturday, 2023 June 17, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया